प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारणसभा असार १९ गते, बुक क्लोज कहिले?

2020-08-09
प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारणसभा असार १९ गते, बुक क्लोज कहिले?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १९ गते काठमाण्डौको नाक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालय प्रिमियम भवनमा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले सर्वसाधारणतर्फ २ जना सञ्चालक निर्वाचित गर्नेछ भने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ। 

कोरोनाभाइरस संक्रमणलाई मध्यनजर गर्दै न्यूनतम मापदण्ड अपनाएर सभा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ। यसका लागि कम्तीमा १ मिटरको सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ।

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। 

सभा प्रयोजनाका लागि कम्पनीले असार ४ गतेदेखि असार १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब असार ३ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्। 


Share this with your friends: