प्रिमियर इन्स्योरेन्सको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

2021-03-18
प्रिमियर इन्स्योरेन्सको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ। कम्पनीको संस्थागत समूहतर्फको १ लाख ४० हजार ५१० कित्ता सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। 

रुपान्तरणपश्चात कम्पनीमा संस्थागत समूहको स्वामित्व ५१ प्रतिशत र साधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।   

 


Share this with your friends: