प्रिमियर इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

2022-01-13
 प्रिमियर इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी माघ २१ गते काठमाण्डौ नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 
यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ माघ ४ गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।  


Share this with your friends: