प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

2022-02-04
प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज (माघ २१ गते) काठमाण्डौ नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा सम्पन्न भएको हो। 

उक्त सभामा कम्पनीद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएको छ । 

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । 

यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।  


Share this with your friends: