फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सिइओमा नुमनाथ पौडेल नियुक्त

2020-10-18
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सिइओमा नुमनाथ पौडेल नियुक्त

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नुमनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो । 

पौडेललाई कात्तिक १६ गतेदेखि लागुहुने गरी आगामी ४ वर्षको लागि उनलाई सिइओमा नियुक्त गरिएको हो । उनी यसअघि हाथवे इन्भेष्टमेन्ट कम्पनीको सिइओ रुपमा कार्यरत थिए ।


Share this with your friends: