फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

2020-10-19
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

आज (सोमबार) सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा संस्थाले २ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १०.७२ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा संस्थाले २ करोड ६८ लाख रुपैयाँ नाफा रहेको थियो। 

यस्तै संस्थाको संस्थाको सञ्चालन मुनाफा पनि बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो मुनाफा ४ करोड २३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा जगेडा कोषको आकार २३.१० प्रतिशतले बढेर १६ करोड ६० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जगेडा कोषको आकार १३ करोड ४९ लाख रुपैयाँमा सीमित थियो। 

यसैगरी संस्थाको सञ्चालन मुनाफा पनि बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो मुनाफा ४ करोड २३ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको चुक्तपुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १३.५६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४१.७५ गुणा रहेका संस्थाको प्रतिसेयर नेटवर्थ ११८.९४ रुपैयाँ रहेको छ।  

 


Share this with your friends: