फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा २५.२९ अर्ब बीमाशुल्क आर्जन,शिखर इन्स्योरेन्स अग्रस्थानमा

2022-04-03
फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा २५.२९ अर्ब बीमाशुल्क आर्जन,शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनाको अन्त्यसम्ममा २५ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले यो अवधिसम्ममा ३ अर्ब १० करोड २९ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले २ अर्ब २२ करोड ३३ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ९९ करोड ८५ लाख ९७ हजार रुपैयाँ कुुल बीमाशुल्क आर्जन गरेको छ । १ अर्ब ७३ करोड ८५ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै सिद्धार्थ इन्स्योरेन्स चौथो स्थानमा रहेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड ६२ लाख ८७ हजार रुपैयाँ आर्जन गर्दै सूचीको पाचौँ स्थानमा रहेको छ । 

त्यस्तै प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४४ करोड ८४ लाख, ६२ हजार युनाइटेड इन्स्योरेन्स १ अर्ब १० करोड ७२ लाख ५१ हजार , हिमालयन जनरल इन्स्योरेन्स १ अर्ब १० करोड ८ लाख ३ हजार , अजोड इन्स्योरेन्स १ अर्ब ६ करोड ८६ लाख ४९ हजार, आइएमई जनरल  १ अर्ब १० करोड ४ लाख ६८ हजार , नेपाल इन्स्योरेन्स १ अर्ब ५ करोड २४ लाख ६५ हजार , प्रभु इन्स्योरेन्स १ अर्ब ४१ लाख ९३ हजार, लुम्बिनी जनरल १ ऋबर्् ३ करोड २३ लाख १५ हजार, ओरिएण्टल इन्स्योरेन्स ९२ करोड १२ लाख ८२ हजार, राष्ट्रिय बीमा कम्पनी १ अर्ब २९ करोड १६ लाख ३६ हजार, प्रुडेन्सियल इन्स्योरेन्स  ८८ करोड ४७ लाख २ हजार, एभरेष्ट इन्स्योरेन्स ८१ करोड ९७ लाख १३ हजार, जनरल इन्स्योरेन्स ६१ करोड १८ लाख ९ हजार, नेशनल इन्स्योरेन्स ५७ करोड ९३ लाख ९९ हजार र सानिमा जनरल इन्स्योरेन्सले ६३ करोड ७१ लाख १३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।


Share this with your friends: