बंगलादेशका बीमा तथा बैंकिङ नियामकलाई बैंकास्योरेन्स निर्देशिका तर्जुमा गर्न आग्रह

2022-03-16
बंगलादेशका बीमा तथा बैंकिङ नियामकलाई बैंकास्योरेन्स निर्देशिका तर्जुमा गर्न आग्रह

काठमाण्डौ । बंगलादेशको अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखा(एफआईडी)ले देशमा छिट्टै नयाँ व्यवसायिक मोडल ल्याउन लागेकाले बैंकास्योरेन्स निर्देशिका तर्जुमा गर्न बीमा तथा बैंक नियामकहरुलाई आग्रह गरेको छ। 

एफआईडीले दुवै नियामक, इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुलेटरी अथोरिटी(आईडीआरए)र बंगलादेश बैंक(बीबी)लाई आगामी अप्रिल ७ सम्म बैंकास्योरेन्स सम्बन्धी अन्तिम दिशा–निर्देशिकाहरु पेस गर्न आग्रह गरेको हो। 

बंगलादेशमा बैंकास्योरेन्स सञ्चालनका लागि बैंकहरुले केन्द्रिय बैंक बंगलादेश बैंक(बीबी)को स्वीकृती लिनुपर्ने हुन्छ। यसका साथै बीमा नियामकले छुट्टै इजाजतपत्र जारी गर्छ। 

यस्तै बैंकहरुले बैंकास्योरेन्स व्यवसाय सञ्चालन गर्न छुट्टै सञ्चालन इकाई स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ। बैंकास्योरेन्स व्यवसाय भएका प्रत्येक बैंकहरुले चिफ बैंकास्योरेन्स अफिसर नियुक्त गर्नुपर्छ। यसरी नियुक्त गरिएको चिफ बैंकास्योरेन्स अफिसरले स्नाकोत्तर उत्र्तीण गरेको हुनुका साथै बैंक वा बीमा कम्पनीमा १२ वर्ष काम गरेको अनुभव हुनुपर्छ। 

बीमकहरुले साझेदार बैंकहरुसँग बैंकास्योरेन्स सम्झौता गर्नुपर्छ र यसलाई केन्द्रिय बैंक(बीबी)ले अनुमति दिएको हुनुपर्छ। बैंकास्योरेन्स लाइसेन्सका लागि आवेदन दिएका बैंकहरुले बीमा नियामक आईडीआरएलाई ५८२ डलर(५० हजार टाका)बुझाउनु पर्ने व्यवस्था गरिएको छ।    

 


Share this with your friends: