बाग्लुङ, बारा र मकवानपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

2021-12-21
बाग्लुङ, बारा र मकवानपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत युवासँग महालक्ष्मी लाइफ कार्यक्रम थप तीनवटा जिल्लामा सम्पन्न गरेको छ। 

गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विद्यालयमा कार्यक्रम सञ्चालनपछि देशभरिका २५ जिल्लाको ८० स्थानमा कार्यक्रम सम्पन्न गर्न कम्पनी सफल भएको छ। 

हेटौँडाको निर्मल बहुमुखी क्याम्पसमा अध्यक्ष विष्णुहरी पण्डितको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ५० जना विद्यार्थीको सहभागिता थियो। अभियानका केन्द्रीय सदस्य जानुका दवाडीको स्वागत मन्तव्यबाट सञ्चालन भएको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए। अभियानका जिल्ला सदस्य बाल कुमारी डल्लाकोटीबाट सञ्चालित प्रशिक्षण कार्यक्रममा क्याम्पस प्रमुख सुभाष चन्द्र कँडेलको उपस्थिति थियो।

बाराको गन्जभवानीपुर नगरपालिकाको भोला उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ८० जना विधार्थीको उपस्थिति थियो। अभियानका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद कुशुवाहा, ऋषिकान्त गुप्ताको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए। 

कार्यक्रम सम्पन्न भएपछि प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा ११ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान नगर कमिटी गठन गरिएको छ।

त्यसैगरी गएको हप्ता बागलुङ जिल्लाको विभिन्न ११ वटा कलेज र माध्यमिक विद्यालय तथा एउटा स्वयंसेविका संस्थामा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न भएको छ। सम्बन्धित कलेज र माध्यामिक विद्यालयका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममध्ये निसिभुजी जनता क्यापस ढोरपाटनमा २९ जना विद्यार्थी, उत्तर गंगा मावि ढोरपाटन बुर्तिवाङमा ७२ जना, प्रभा मावि निसीखोलामा १०२ जना, ज्ञानेन्द्र मावि निसीखोलामा २८ जना, त्रिभुवन मावि बडिगाडमा ५० जना, भीमागिठे माविमा ८० जना, जनजागृति माविमा ८४ जना, भानु मावि ग्वाली चौरमा ८१ जना, गलकोट बहुमुखी क्याम्पस हटियामा ५९ जना, पाण्डवखानी मावि गल्कोट नगरपालिकामा ३९ जना, न्यु लाइफ बोर्डिङ हरिचौर गल्कोटमा ८२ जना विद्यार्थी र महिला स्वास्थ्य स्वंयमसेविका ग्वालिचौर वडिगाडमा ३० जना स्वंयमसेविकाको सहभागिता थियो। 

बागलुङको ७ दिने बीमा जागरण अभियानमा कम्पनीकी क्षेत्रीय प्रमुख जमुना आचार्य र बागलुङ प्रमुख विश्वनाथ आचार्यले प्रशिक्षण दिएका थिए। 

कम्पनीका स्थानीय कर्मचारी घनश्याम चालिसे, पवित्रा पुन र लक्ष्मण आचार्यले कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका थिए भने अभियानका जिल्ला अध्यक्ष देवी जिसीले स्वागत मन्तव्य राखेका थिए। 


Share this with your friends: