बीमा गर्न नमिल्ने भएपछि एयर अस्तानाद्वारा रुसी उडान रद्द

2022-03-13
बीमा गर्न नमिल्ने भएपछि एयर अस्तानाद्वारा रुसी उडान रद्द

काठमाण्डौ । कजाकिस्तानको राष्ट्रिय ध्वजाबाहक हवाई कम्पनी एयर अस्तानाले आफ्ना सबै रुसी उडान रद्द गरेको छ। उडानको बीमा गर्न नमिल्ने भएकाले रुसका सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ। 

एयर अस्तानामा बेलायतको बीएइ सिस्टमस्को ४९ प्रतिशत स्वामित्व रहेको छ। उडान रद्दको विषयलाई सम्बोधन गर्नका लागि कजाकिस्तान सरकार,रुसका छिमेकी देशहरु र नजिकका साझेदारहरुसँग कुरा भईरहेको कम्पनीले जनाएको छ।       

 


Share this with your friends: