काठमाण्डौ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांस वितरणमा रोक लगाउने तयारी गरेको छ । समितिले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट निर्जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजन बाहेक नगद लाभांस वितरणमा रोक लगाउने तयारी गरेको हो ।
निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसकिरहेको अवस्था र पुँजी वृद्धि योजनालाई मध्यजनर गर्दै समितिले नगद लाभांश वितरण रोक लगाउने तयारी गरेको छ।
बीमा कम्पनीहरुमा जोखिमा आधारित पूँजीको आवश्यकता देखिएका चुक्तापूँजी बढाउनु पर्ने अवस्था देखिएको समितिले जनाएको छ । पूँजी वृद्धिका लागि बोनस सेयर र हकप्रद सेयरको योजना ल्याइने समितिले जनाएको छ ।