बीमा सर्भेयर इजाजतपत्र समयमै नवीकरण गर्न आह्वान,अनलाइन प्रणालीबाट नवीकरण गर्ने यस्तो छ प्रक्रिया

2022-03-31
बीमा सर्भेयर इजाजतपत्र समयमै नवीकरण गर्न आह्वान,अनलाइन प्रणालीबाट नवीकरण गर्ने यस्तो छ प्रक्रिया

काठमाण्डौ । बीमा समितिले बीमा सर्भेयर इजाजतपत्र समयमै नवीकरण गर्न सम्पूर्ण इजाजत प्राप्त सर्भेयरहरुलाई आग्रह गरेको छ । समितिले गत चैत ८ गतेदेखि अनलाईन प्रणालीबाट २०७९ का लागि बीमा सर्भेयर इजाजतपत्र नवीकरण गर्ने कार्य सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आइपीएस मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तूर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सकिनेछ ।

अनलाइन प्रणालीबाट बीमा सर्भेयर इजाजतपत्र नवीकरण गर्ने प्रक्रिया ः

१.सर्भेयर नवीकरण शुल्क भुक्तानीका लागि www.connectips.com  मा लगइन गरी आफ्नो युजर आईडी भएमा सोहि आइडीबाट साइन इन गर्ने र नभएमा साइन अप गरी आफ्नो नयाँ युजर बनाउन सकिनेछ ।

२. dashboard मा भएको semi-govt/sansthan  मा click गर्ने,

३. beema samiti  को आईकनमा click गर्ने,

४. surveyor payment मा click गर्ने,

५.कुन खाताबाट शुल्क तिर्ने हो sender details मा छान्ने,

६. surveyor licence code मा बीमा सर्भेयर इजाजत नम्बर type गर्ने,

७.इजाजतपत्र जारी मिति calender बाट छानेर english date  मा राख्ने,

८. surveyor type select  गरी make payment मा क्लिक गर्ने(भुक्तानी गर्नुपर्ने शुल्क आफै देखिनेछ )

९. त्यसपछि देखिएको details सहि भएमा फेरी make payment  मा click  गर्ने र आफ्नो transaction password  वा  mobile/email मा प्राप्त otp राखी transaction complete गर्ने,

१०. शुल्क भुक्तानी गरेको slip download/print गरी सुरक्षित राख्ने,],-transaction history मा समेत हेर्न सकिने)

११. एउटै connectips user बाट एकभन्दा बढी इजाजतपत्रको नविकरणशुल्क भुक्तानी समेत गर्न सकिनेछ,

१२. बीमा समितिबाट renew approve भएपछि बीमा सर्भेयरको नवीकरण प्रक्रिया पुरा हुनेछ,

१३. २०७८ सालका लागि नवीकरण भएका र २०७८ सालमा जारी भएका सर्भेयर इजाजतपत्र मात्र २०७९ वर्षका लागि नवीकरण हुन योग्य हुनेछन् ,

१४. बीमा सर्भेयरको इजाजतपत्र नवीकरणका लागि आवश्यक विवरण www.nib.gov.np-insurer statistics-surveyor information (सर्भेयर नवीकरणका लागि विद्युतीय प्रणालीबाट भुक्तानी गर्न आवश्यक विवरण)मा check गरी जानकारी लिन सकिनेछ ।

१५. बीमा सर्भेयरले सम्पादन गरेका सर्भे कार्यहरुको विवरण surveyor.workdetails@nib.gov.np मार्फत पठाउनुपर्नेछ । साथै संस्थागत बीमा सर्भेयरको हकमा संस्था नवीकरण प्रमाणपत्र र अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र समेत सोहि इमेलमा पठाउनुपर्नेछ । 

१६. बीमा समितिबाट renew approve भएपछि बीमा सर्भेयरको इजाजतपत्र नवीकरण भएको जानकारी www.nib.gov.np-insurer statistics-surveyor information बाट लिन सकिनेछ ।

१७. शुल्क भुक्तानी सम्बन्धी जानकारी youtube link https://youtube.com/watch?v=gvQxf6EPKT0 बाट समेत लिन सकिनेछ ।

२०७९ सालको लागि बीमा सर्भेयर इजाजत पत्र नवीकरणको सम्बन्धमा उल्लेखित व्यवस्थाबाट मात्र गर्न सकिनेछ । यदि कुनै बीमा सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरण शुल्क अन्य माध्यमबाट समितिको खातामा जम्मा गरेको भएमा उक्त रकम फिर्ता लिन बीमा समितिमा निवेदन दिनुपर्नेछ । यसका साथै सर्भेयर इजाजतपत्र नवीकरणका लागि उल्लेखित प्रक्रियाबाट मात्रै गर्न सकिनेछ ।     

 


Share this with your friends: