बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा

2022-04-17
बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको मेचीनगर नगरपालिका वडा नं। ६ काँकरभिट्टामा आज वैशाख ४ गतेदेखि नयाँ शाखा सञ्चालनमा आएको छ। 

काँकरभिट्टा शाखाको एक समारोहबीच मेचीनगर नगरपालिकाका मेयर  विमल आचार्य र बैंकका सञ्चालक विजयकुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ तथा मेची उद्योग वाणिज्य संघ धुलाबारीका अध्यक्ष ऋषिराज तिम्सिनाले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरेका थिए। 

कार्यक्रममा बैंकका सञ्चालक श्रेष्ठले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए। 

मेचीनगरका मेयर आचार्यले बैंक अफ काठमाण्डूलाई काँकरभिट्टामा स्वागत गर्नुका साथै स्थानीयको आवश्यकतालाई ध्यानमा राखी बैंकले सेवा प्रदान गर्ने विश्वास लिएको बताए। 

बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकको अगामी दिनमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखा सञ्चालन गर्ने योजना अगाडि रहेको छ। 


Share this with your friends: