बैंक अफ काठमाण्डूको साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

2020-11-30
 बैंक अफ काठमाण्डूको साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित बैंक अफ काठमाण्डू लिमिटेडको २६ औँ वार्षिक साधारणसभा आज(मंसिर १५ गते) आयोजना हुने भएको छ । 
सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स (जुम मिटिङ) मार्फत हुनेछ। 

सभाले बैंकले गत आर्थिक वर्ष २०७६र७७ को सञ्चित मुनाफाबाट सेयधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १६ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशत हुन आउने २५ करोड ६४ लाख ६ हजार ६२२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

साधारणभा र लाभांश प्रयोजनका लागि बैंकले यही कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: