बैंक अफ काठमाण्डूले मंसिर २४ बाट ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

2020-12-01
बैंक अफ काठमाण्डूले मंसिर २४ बाट ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले मंसिर २४ गतेबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो। 

बैंकले १० वर्षे अवधिको “बिओके डिबेन्चर–२०८६ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यो ऋणपत्रले लगानीकर्तालाई वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्नेछ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्।

बैंकले १ हजार अंकित दरका कुल १६ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसमा ६ लाख ६० हजार इकाइ अर्थात कुल ६४ करोड रुपैयाँ ऋणपुँजी रकम ९५ प्रतिशत अर्थात् ३२ हजार इकाइ सामूहिक कोषका लागि छुट्याइएको समेत० सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ। यसैगरी बाँकी ९ लाख ६० हजार इकाइले हुने आउने कुल ९६ करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। 

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम ३ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। 

ऋणपत्रको निष्कासन बन्द छिटोमा मंसिर २८ गते र ढिलामा पुस ८ गते बैंकिङ समयपछि हुनेछ। 

बैंकको धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 


Share this with your friends: