बैंक अफ काठमाण्डूको ऋणपत्र निष्कासन आजदेखि

2020-12-09
बैंक अफ काठमाण्डूको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र निष्कासन आज(मंसिर २४ गते)बाट खुला गरिएको छ । बैंकले १ अर्ब ६० करोड रुपैयाँको १० वर्षे अवधिको “बीओके डिभेन्चर–२०८६” नामक ऋणपत्र निष्कासन गरेको हो । 

निष्कासन भएको ऋणपत्रमा १ हजार अंकित दरका कुल १६ लाख इकाइ रहेका छन् । जसमा ६ लाख ६० हजार इकाइ अर्थात कुल ६४ करोड रुपैयाँ ऋणपुँजी रकम ९५ प्रतिशत अर्थात् ३२ हजार इकाइ सामूहिक कोषका लागि छुट्याइएको समेत० जसमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । यस्तै बाँकी रहेको ९ लाख ६० हजार इकाइले हुने आउने कुल ९६ करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई व्यक्तिगत तबरबाट बिक्री खुलाइएको छ।

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम ३ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले नबिल इन्भेस्टमेन्टको नक्सालस्थित कार्यालय वा वेबसाइट तथा बैंक अफ काठमाण्डूको कमलपोखरीस्थित कार्यालय वा वेबसाइटमार्फत अनि सि–आस्बा सेवामा सभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सक्नेछन्। 

ऋणपत्रको निष्कासन बन्द छिटोमा मंसिर २८ गते र ढिलामा पुस ८ गते बैंकिङ समयपछि हुनेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 


Share this with your friends: