भर्खरै आईपीओ बिक्री गरेको पुनर्बीमा कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

2020-08-04
भर्खरै आईपीओ बिक्री गरेको पुनर्बीमा कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन तथा बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ९१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ८९ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

कम्पनीले निर्जीवन व्यवसायबाट ८२ करोड ५० लाख रुपैयाँ र जीवन व्यवसायबाट ९ करोड १० लाख रुपैयाँ खुद नाफाज आर्जन गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले प्रिमियमबाट हुने आम्दानी ३९.२१ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले प्रिमियमबाट ४ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ५४ करोड रुपैयाँ प्रिमियमबाट आम्दानी गरेको थियो।

कम्पनीको बीमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। जगेडामा ३ अर्ब ३१ करोड रहेको कम्पनीको चुक्तापुँजी ८ अर्ब ४० करोड रुपैयाँको रहेको छ।

कम्पनीले हालै १ अर्ब ६० करोड रुपैयाँको आईपीओ बिक्री गरेको थियो।  


Share this with your friends: