मंसिर अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १५ अर्ब बढी, कसको कति ?

2021-12-24
मंसिर अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १५ अर्ब बढी, कसको कति ?

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनाको अन्त्यसम्ममा १५ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक २०७८/७९ को मंसिर मसान्तसम्ममा १५ अर्ब ४२ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गनेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले यो अवधिसम्ममा १ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ कुल बीमाुशुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले १ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ३० करोड ९७ लाख रुपैयाँ कुुल बीमाशुल्क आर्जन गरेको छ । १ अर्ब ११ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै सिद्धार्थ इन्स्योरेन्स चौथो स्थानमा रहेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब ५९ लाख रुपैयाँ आर्जन गर्दै सूचीको पाचौँ स्थानमा रहेको छ । 

त्यस्तै प्रिमियर इन्स्योरेन्सले ९१ करोड ६४ लाख, युनाइटेड इन्स्योरेन्स ७३ करोड ४३ लाख, हिमालयन जनरल इन्स्योरेन्स ७० करोड २१ लाख, अजोड इन्स्योरेन्स ६६ करोड ४२ लाख, आइएमई जनरल ६५ करोड ४२ लाख, नेपाल इन्स्योरेन्स ६३ करोड ५० लाख, प्रभु इन्स्योरेन्स ६२ करोड ६ लाख, लुम्बिनी जनरल ६१ करोड ८२ लाख, ओरिएण्टल इन्स्योरेन्स ५७ करोड २३ लाख, राष्ट्रिय बीमा कम्पनी ५५ करोड २८ लाख, प्रुडेन्सियल इन्स्योरेन्स ५२ करोड ८६ लाख, एभरेष्ट इन्स्योरेन्स ५१ करोड २५ लाख, जनरल इन्स्योरेन्स ३९ करोड २३ लाख, नेशनल इन्स्योरेन्स ३८ करोड ८४ लाख र सानिमा जनरल इन्स्योरेन्सले ३७ करोड ४१ लाख बढीको कुल बीमाशुल्क आर्जन गरे । 


Share this with your friends: