मञ्जुश्री फाइनान्सद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

2021-12-10
मञ्जुश्री फाइनान्सद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल ४६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित कुल ४६ प्रतिशत लाभांसमा चुक्तापूँजी ९६ करोड ५३ लाख ९४ हजार ८९२ रुपैयाँको ४० प्रतिशतले हुन आउने ३८ करोड ६१ लाख ५७ हजार ९५६.८० रुपैयाँ बराबरको बोनस सेयर र ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६९३.५२ रुपैयाँबराबरको नगद लाभांस६(कर प्रयोजनका समेतका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 


Share this with your friends: