मर्जरपछिको सारथी नेपाल लघुवित्तको सेयर कारोबार भोलिदेखि

2020-11-01
 मर्जरपछिको सारथी नेपाल लघुवित्तको सेयर कारोबार भोलिदेखि

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भोलि(सोमबार)देखि हुने भएको छ। 

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सारथी नेपाल लघुवित्तको जन्म भएको हो। यी दुवै संस्था आपसमा १ः१ अनुपातमा गाभिएका हुन्।
सारथी नेपाल लघुवित्तको २३ लाख ५३ हजार ८२१ कित्ता सेयर आज नेप्सेमा सूचीकरण भएको छ। नेप्सेमा सूचीकरण भएसँगै अब भोलिदेखि सारथी लघुवित्तको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ। 

यसअघि मर्जरका लागि साविकको नयाँ नेपाल लघुवित्त कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का राखेको थियो।

साविकको सारथी लघुवित्तले सर्वसाधारणका लागि आईपीओ निष्कासन नगरेको भएतापनि अब छिटै सारथी नेपाल लघवित्तले एफपीओ निष्कासन गर्ने योजना रहेको जनाएको छ।  

 


Share this with your friends: