मल्टीपर्पस फिनान्सको अवितरित हकप्रदको लिलामी आउँदो पुस १७ गतेदेखि

2020-12-25
मल्टीपर्पस फिनान्सको अवितरित हकप्रदको लिलामी आउँदो पुस १७ गतेदेखि

काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था)को अवितरित हकप्रद सेयर लिलामीमा राखिने भएको छ। कम्पनीले आउँदो पुस १७ गतेदेखि १७ लाख कित्ता बढी संस्थापक सेयर बोलपत्रद्वारा बिक्री गर्न लागेको हो। 
 
कम्पनीले हकप्रद सेयरका लागि गत वर्षको असार २३ गतेदेखि भदौ ०९ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो। 
 
लिलामीमा राख्न लागिएको संस्थापक सेयर खरिदका लागि ईच्छुक संस्थापक, सर्वसाधारण योग्य संस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। ईच्छुक लगानीकर्ताले प्रति कित्ता के कति दररेटमा सेयर खरिद गर्न चाहेको हो त्यो खुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। 
 
सेयरको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा न्युनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ। एक व्यक्ति, फर्म कम्पनी वा संस्थाले एकभन्दा बढी बोलपत्र पेश गर्न पाउने छैनन्। 
 
बोलपत्र पेश गर्दा न्युनतम १ हजार कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तै रु. १० लाख सम्मको लागि आवेदन दिने आवेदकले स्वेच्छिक रुपमा र सोभन्दा बढी रकमको लागि आवेदन दिने आवेदकले अनिवार्य रुपमा आवेदन फारममा स्थायी लेखा नम्बर खुलाउनु पर्नेछ। 
 
लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा काठमाण्ठौ, मल्टीपर्पस फिनान्स कम्पनीको केन्द्रिय कार्यालय राजविराज सप्तरी र सिभिल बैंकका शाखा कार्यालयहरु विराटनगर, विरगंज, पोखरा,बुटवल,नेपालगंज,विरेन्द्रनगर,धनगढी,विर्तामोड,जनकपुर,हेटौडा,नारायणघाट तथा घोराही(दांग)मा आउँदो माघ ०२ गते बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नु पर्नेछ।     

Share this with your friends: