महालक्ष्मी लाइफ इन्स्योरेन्स तेस्रो वर्षमा प्रवेश, आईपीओ निष्कासनको तयारी

2021-02-09
महालक्ष्मी लाइफ इन्स्योरेन्स तेस्रो वर्षमा प्रवेश, आईपीओ निष्कासनको तयारी

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७५  माघ २७ गतेबाट बीमा कारोवार प्रारम्भ गरेको कम्पनीले आफ्नो दुई वर्ष सफलतापूर्वक पार गरी तेस्रो वर्षमा प्रवेश गरेको हो ।

नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ कम्पनीको रूपमा काम शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरू संग प्रतिस्पर्धा गर्नु
परेको कम्पनीले जनाएको छ । 

 व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धा बीच स्वस्थ व्यापार गर्नु आफैमा ठूलो चुनौति भएको र  कोभिड(१९को कारण उत्पन्न कठिनाईका बाबजुत 
नियमक निकाय, संचालक समिति,कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयासले कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखारउपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लंच, रू १६५ करोड बीमा शुल्क संकलन र २५६ करोड लगानी गर्न सफल भएको छ ।

स्थापनाको एक वर्ष पछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेपनि कम्पनीले आ।व २०७५(७६को पोलिशि बोनस न्यूनतम रू५०र( ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउनु सफल कम्पनीले जनाएको छ ।

नेपालमा बीमा कारोवार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनिले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने, गुणात्मक कारोवारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पुर्याउने लक्ष्य लिएर काम गर्ने कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ ।


कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आजकै मितिबाट बिक्री गर्ने गरी नँया मनि ब्याक बीमा योजना “ महालक्ष्मी धनधान्य” पोलिशी संचालनमा ल्याएको छ । आ.व २०७६/७७को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृती पछी रू ६० करोडको शेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया शुरू गरेको कम्पनीले जनाएको छ।

 

 


Share this with your friends: