महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार १६८.७९%ले बढ्यो, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

2021-02-11
महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार १६८.७९%ले बढ्यो, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा ४७ करोड २८ लाख ७६ हजार ७१७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६६.७९ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड ३५ लाख ०७ हजार ४६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४ करोड २७ लाख ९३ हजार ०१९ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम १ करोड ७८ लाख २१ हजार ९४१ रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीले ९० लाख ९३ हजार ६६६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ९ लाख ६६ हजार ४१८ रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ८४०.९६ प्रतिशतले बढी दाबी भुक्तानी गरेको छ। 
 
आर्थिक वर्षमा कम्पनीले खुद नाफा बढाएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ५ करोड १९ लाख ६१ हजार ६८१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ११.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ५ करोड १८ लाख ७ हजार ८०२ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ९ करोड ९२ लाख ३५ हजार ६७४ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ९ करोड ४ लाख २ हजार ८४५ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर १ अर्ब १३ करोड ८१ लाख  ८ हजार ६५० रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १६८.७९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार ४२ करोड ३४ लाख १३ हजार ४२९ रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्ष ५ करोड ७६ लाख ७ हजार ९०३ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १४ करोड ७४ लाख ४७ हजार ७४२ रुपैयाँको उचाइमा पुगेको छ। 

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले १९ हजार ३६८ बिमालेख संख्या जारी गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६ हजार ७६९ बीमालेख जारी गरेको थियो। 

 


Share this with your friends: