महालक्ष्मी लाइफको वार्षिक साधारण सभा सम्पन्न, रु.६० करोडको आईपीओ निष्कासन गर्ने निर्णय

2021-02-15
महालक्ष्मी लाइफको वार्षिक साधारण सभा सम्पन्न, रु.६० करोडको आईपीओ निष्कासन गर्ने निर्णय

काठमाण्डौ । आईपीओ निष्कासन गर्ने निर्णयसँगै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(फागुन ०३ गते)अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्‍याडिसनमा सभा सम्पन्न भएको हो । 

उक्त सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार  भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए । 

सभामा अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरिएको छ ।

सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित हुनु भएको घोषणा गरिएको थियो । त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रुपैयाँ बराबरको शेयर निश्काशन गर्ने निर्णय गरेको छ  । 


Share this with your friends: