महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा ५० देखि १००%सम्म छुटको घोषणा

2021-06-10
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा ५० देखि १००%सम्म छुटको घोषणा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा शुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ। 

काभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण समयमै किस्ता तिर्न नसकेका बीमितहरुलाई विलम्ब शुल्कमा छुट दिने निर्णय कम्पनीले गरेको हो।  ‘आमबीमितहरुको यही समस्यालाई विचार गरी राहतस्वरूप आज जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

२०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई कम्पनीले छुट प्रदान गर्ने जनाएको हो । कम्पनीले ३ महिना बीमा लेख व्यतित भएको अवधिका लागि विलम्ब बीमाशुल्कमा सतप्रतिशत, ३ महिनाभन्दा माथि ६ महिनासम्म ७५ प्रतिशत र ६ महिनाभन्दा ५० प्रतिशतसम्म छुट प्रदान गरिने जनाएको छ ।  


Share this with your friends: