महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा शाखा र उपशाखा प्रबन्धकमा दरखास्त आह्वान

2021-07-02
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा शाखा र उपशाखा प्रबन्धकमा दरखास्त आह्वान

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा दारखास्त आह्वान गरेको छ । कम्पनीले सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर (प्रबन्धक) पदमा दरखास्त आह्वान गरेको हो। 

कम्पनी सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा ७० जनाका लागि दरखास्त आह्वान गरेको हो। यो पदमा दरखास्त दिन कम्पनी कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा बीमा क्षेत्रमा १ वर्षको कार्यानुभव हुनुपर्ने कम्पनीले जनाएको छ। यस्तै कम्प्युटर सम्बन्धि राम्रो ज्ञान भएको, अंग्रेजी तथा नेपालीमा राम्रो दख्खल भएको र सवारी चालक लाइसेन्स भएको हुनेपर्नेछ । 
कम्पनीले प्रदेश न.१ मा ११ प्रदेश २ मा ९ , बागमति प्रदेशमा १८, गण्डकी प्रदेश ९, लुम्बिनी प्रदेशमा १० कर्णली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशका लागि ८ स्थानका लागि दरखास्ता आह्वान गरिएको हो ।    
यसका लागि तलब भने आपसी सहमतिमा तय गरिने कम्पनीले जनाएको छ। इच्छुक आवेदकहरुले आगामी असार ३१ गते सम्म दरखास्त दिन सक्नेछन् । 

उम्मेदवारले महालक्ष्मी लाइफ इन्स्योरेन्सको वेबसाइटमा गई फाराम डाउनलोड गरी कम्पनीको ई–मेल आईडीमा पठाउन सक्नेछन्।


Share this with your friends: