महालक्ष्मी लाइफद्वारा ‘महालक्ष्मी बाल बचत बीमा’ योजना सार्वजनिक, यस्ता छन् सुविधा

2021-08-12
महालक्ष्मी लाइफद्वारा ‘महालक्ष्मी बाल बचत बीमा’ योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ। 

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना बिक्रीवितरणका लागि सुरु गरेका हुन्। यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधासमेत रहेको कम्पनीले जनाएको छ। 

बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुन्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष नपुग्दासम्मको अवधि राखी ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ। यसका साथै बच्चा बालिग भइसकेपछि बीमालेखको अख्तियार पूर्ण रुपमा हस्तान्तरण हुनेछ। 

यस योजनाअन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बीमांक रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ। कुनै कारणवश बीमा चालु अवस्थामा बीमितको मृत्यु भएमा तत्कालै २५% बीमांक रकम भुक्तानी दिइने र बाँकी ७५% बीमांक रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ।


Share this with your friends: