महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन ४३.३६%ले बढ्यो,नाफामा सामान्य वृद्धि

2022-02-07
महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन ४३.३६%ले बढ्यो,नाफामा सामान्य वृद्धि

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ६७ करोड ९१ लाख ९१ हजार २७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४३.३६ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४७ करोड २८ लाख ७६ हजार ७१७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ६ करोड ७९ लाख १० हजार २१४ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ४ करोड २७ लाख ९३ हजार ०१९ रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ७ करोड ३७ लाख ३२ हजार ५५४ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ९० लाख ९३ हजार ६६६ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद मुनाफामा सामान्य सुधार आएको छ ।। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ५ करोड ३० लाख ८९ हजार २२६ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ५ करोड १९ लाख ६१ हजार ६८१ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च ३.३८ प्रतिशतले बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ९ करोड २३ लाख रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ८ करोड ९३ लाख रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १ अर्ब ७३ करोड ७४ लाख ७३ हजार ३८८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार १ अर्ब १३ करोड ८१ लाख ८ हजार ६६० रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष १४ करोड ७४ लाख ४७ हजार ७४२ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर २० करोड २८ लाख ३० हजार ३८१ रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले ३ हजार २५० बीमालेख संख्या जारी गरेको छ।

अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ हजार ४२८ बीमालेख जारी गरेको थियो। 


Share this with your friends: