महालक्ष्मी बैंकद्वारा कैलारी उवासंघलाई फर्निचर प्रदान

2022-02-17
महालक्ष्मी बैंकद्वारा कैलारी उवासंघलाई फर्निचर प्रदान

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बीच फर्निचर हस्तान्तरण गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा बैंकका शाखा इञ्चार्ज जगुराम डगौराले बताए ।

उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कार्यक्रममा बोल्दै कैलारी गाउँपालिका अध्यक्षले बैंकले  उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पुर्याइरहेकोमा धन्यवाद ज्ञापन गरे । 

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । 


Share this with your friends: