महालक्ष्मी विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिने

2021-01-19
महालक्ष्मी विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिने भएको छ। बैंकको सञ्चालक समितिको गत पुस १५ गते बसेको बैठकको निर्णयअनुसार संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न लागिएको हो। 

उक्त निर्णय अनुसार बैंकको हाल कायम रहेको संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५२.४९ र ४७.५१ प्रतिशतबाट ५१ः४९ प्रतिशत कायम हुने गरी सेयर रुपान्तरण हुन लागेको हो। 

आफ्नो नाउँमा रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न नचाहने सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौ दरबारमार्गमा रहेको बैंकको केन्द्रिय कार्यालयमा स्वःघोषणा विवरण पेश गर्नु पर्ने बैंकले जनाएको छ। यसका साथै तोकिएको मितिभित्र स्वःघोषणा विवरण पेश नगर्ने सेयरधनीको पछि कुनै उजुरबाजुर नलाग्ने स्पष्ट पार्नुका साथै बैंकले सेयर अभौतिकीकरण नगर्ने सेयरधनीहरुलाई यथाशिघ्र अभौतिकीकरण गर्न समेत अनुरोध  गरेको छ।                                                                                                                   

 


Share this with your friends: