महालक्ष्मी लाइफमा रोजगारको अवसर

2022-03-17
महालक्ष्मी लाइफमा रोजगारको अवसर

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले अफिसर(अकाउन्ट÷फाइनान्स र रिसर्च एण्ड डेभलपमेन्ट विभाग)र ट्रेनी असीस्टेन्ट(अकाउन्ट,फाइनान्स,एजेन्सी,अन्डरराईटिङ,मार्केटिङ र आइटी विभाग)पदका लागि कर्मचारी माग गरेको हो । 

कम्पनी केन्द्रिय कार्यालयका लागि यी पदमा कर्मचारी माग गरेको हो । अफिसर पदका लागि सीए÷सेमी सीए÷एक्चुरियल साइन्स/गणीत वा व्यवस्थापन विषयमा स्नातम गरेको हुनुपर्नेछ । यसका साथै सम्बन्धीत क्षेत्रमा १ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 

त्यस्तै ट्रेनी असिस्टेन्ट पदका लागि व्यवस्थापन,आईटी वा मार्केटिङ विषयमा स्नातम गरेको हुनुपर्नेछ । 

इच्छुक आवेदकसँग कम्प्युटरको राम्रो ज्ञान हुनुका साथै नेपाली र अंग्रेजीमा राम्रो दख्खल हुनुपर्नेछ । यसका साथै सवारी चालक अनुमतिपत्र अनिर्वाय हुनुपर्नेछ । इच्छुक आवेदकहरुले कभर लेटर,हालै खिचिएको पासपोर्ट साइजको फोटोसहित कम्पनीको ई–मेल ठेगानामा चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।        


Share this with your friends: