मितेरी डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

2020-12-21
मितेरी डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस २ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो पुस २७ गते बिहान १०.३० बजे सुनसरी जिल्लाको धरान स्थित सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ। 
उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको कुल १५.०७९ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ।  प्रस्तावित लाभांसमा चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने १० करोड ४० लाख ५ हजार ६८७.५० रुपैयाँ बराबरको बोनस सेयर र ०.७९ प्रतिशतले हुन आउने ५४ लाख ७३ हजार ९८३ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अबलम्बन गरि कार्य अघि बढाउन सञ्चालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात,, नाफा नोक्सान र नगद प्रवाह विवरण पारित गरिनेछ। 

बैंकले वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: