मिथिला लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-03-09
मिथिला लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३१५७९ प्रतिशत नगद लाभांस गरी कुल १२. ६३१५७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा २०७७ असार मसान्तसम्म कायम रहेको चुक्तापूँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँको १२ प्रतिशतले हुन आउने १ करोड ४६ लाख ८ हजार ९०१ रुपैयाँ बराबरको बोनस सेयर र ०.६३१५७९ प्रतिशतले हुन आउने ७ लाख ६८ हजार ८८९.५३ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: