मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2020-12-20
मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २७ गते शनिबारका दिन पोखरा स्थित होटल पोखरा ग्राण्डमा भौतिक उपस्थिती र अनलाइन(भर्चुअल) माध्यमबाट समेत सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको कुल १५.५०७४ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि ११.२५ प्रतिशत बोनस सेयर र ४.२५७४ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ।

सभामा बैंकको चुक्तापूँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँबाट वृद्धि गरी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार ८०३.१८ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ।

यसका साथै सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिने वा प्राप्तिका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने र यस सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 
बैंकले वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस १३ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।    

 


Share this with your friends: