मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग

2022-03-09
मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कपिलवस्तुस्थित श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग गरेको छ। 

बैंकले श्री कैलाश आश्रमधामद्वारा सञ्चालित श्री मनकामना गुरुकुलमा भवन निर्माणकार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो।  

बैंकले श्री कैलाश आश्रमधामलाई एक कार्यक्रम बीच चेक हस्तानतरण गरेको छ। उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमख राजेन्द्र घिमिरे, जीतपुर शाखाका प्रबन्धक लेखेन्द्र जीसी र अन्य कर्मचारीको उपस्थिति थियो। कैलाश आश्रमधामका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति थियो। 

यो सहयोगबाट गुरुकुलमा आउने भक्तजन विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिको हितमा काम हुने विश्वास लिएको छ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ ९बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३० आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ। 


Share this with your friends: