मुक्तिनाथ विकास बैंंकका सीईओ प्रद्युमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा विजयी

2022-04-10
मुक्तिनाथ विकास बैंंकका सीईओ प्रद्युमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा विजयी

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन्। 

राजधानीको याक एन्ड यती होटेलमा शनिबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याकाबारे जानकारी गराइएको थियो। यस विजयबाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ। 

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ ९बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ। 


Share this with your friends: