मोटर बीमाशुल्क आर्जनमा कमी आएसँगै जापानका बीमकहरु सम्पत्ति बीमातर्फ केन्द्रित

2022-02-21
मोटर बीमाशुल्क आर्जनमा कमी आएसँगै जापानका बीमकहरु सम्पत्ति बीमातर्फ केन्द्रित

काठमाण्डौ । मोटर बीमाशुल्क आर्जनमा गिरावट आएपछि जापानका निर्जीवन बीमकहरु अन्य व्यवसाय लाइनतर्फ केन्द्रित भएका छन्। ग्लोबल डेटाका अनुसार मोटरबीमाशुल्क आर्जनमा आएको गिरावटसँगै जापानका पुनर्बीमकहरु सम्पत्ति तथा अन्य विशेष लाइनतर्फ केन्द्रित भएका हुन्। 

ग्लोबल डेटाको रिपोर्टका अनुसार जापानमा सन् २०१६ देखि २०२० सम्मको अवधिमा सडक टुर्घटनामा १२.७ प्रतिशतको गिरावट आएको छ। जसका कारण बीमकहरुले अनिवार्य तेस्रो पक्ष बीमा पोलिसीको प्रिमियम दुईपटक घटाएका छन्। यसको प्रभावस्वरुप जापानको निर्जीवन बीमा उद्योगको चक्रवृद्धि वार्षिक वृद्धिदर ०.३ प्रतिशतले घटेको छ। 

त्यस्तै सन् २०२० मा जापानको कुल बीमाशुल्कमा ९० प्रतिशत हिस्सा ओगटेका चार शीर्ष बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन चार वर्षको अवधिमा ६३.३ प्रतिशतबाट ६०.५ प्रतिशतमा सीमित भएको छ। 

ग्लोबल डेटाका वरिष्ठ बीमा विश्लेषक स्वारुप कुमार साहुले सन् २०२० मा जापानका शीर्ष चार बीमकहरुको बीमाशुल्क आर्जन ०.२ प्रतिशतले संकुचित भएको बताएका छन्। यसको मुख्य कारण पछिल्ला केहि वर्षहरुमा सवारी साधनको बिक्री तथा प्रिमियर शुल्कमा आएको गिरावट रहेको साहुले बताए। 
यद्यपी सन् २०१६ देखि २०२० को अवधीमा सम्पत्ति बीमा व्यवसाय ५.२ प्रतिशतले बढेको छ। यो वृद्धि पुनर्बीमा बीमाशुल्कमा भएको वृद्धि र प्राकृतिक प्रकोपका घटनाले निम्त्याएको जोखिमका कारण भएको रिपोर्टमा उल्लेख गरिएको छ। 

सन् २०१६ देखि २०२० सम्म जापानको कुल बीमाशुल्कमा शीर्ष चार बीमकहरुको हिस्सा १२.९ प्रतिशतबाट वृद्धि भएर १५.२ पुगेको रिपोर्टमा जनाइएको छ।     

 


Share this with your friends: