युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

2022-04-13
युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी वैशाख २३ गते शुक्रबारका दिन रुपन्देही भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा युनियन लाइफ र अन्य जीवन बीमा कम्पनी एक आपसमा मर्ज हुने सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा आ।व २०७६/७७ लेखापरीक्षकको प्रतिवेदन सहित वासलातm नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७र७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । यसैगरी कम्पनीको सीईओको पुनःनियुक्ती र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तीलाई अनुमोदन गरिनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: