काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट असार १५ गते ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ।
१० वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर ८.५ प्रतिशत हुनेछ।