लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा असार २४ गते, बुक क्लोज कहिले ?

2020-08-09
लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा असार २४ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा यही असार २४ गते बुधबार आयोजना गरिने भएको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा काठमाण्डौको ज्ञोनश्वरस्थित कम्पनीको कार्यालयमा आयोजना गरिने भएको छ। 

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश पारित गर्ने मुख्य अजेन्डाले प्रवेश पाउनेछन्। जसअनुसार गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.५२ प्रतिशत लाभांश पारित हुनेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख रुपैयाँबराबरको बोनस सेयर र लाभांश कर प्रयोजनार्थ ०.४० प्रतिशतले हुन आउने ४२ लाख ९० हजार रुपैयाँबराबरको नगद लाभांश रहेको छ। 

यसअघि कम्पनीको गत माघ १२ गतेसम्म सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण पारित गर्दा तत्काल कायम रहेको चुक्तापुँजीको ९.८५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख रुपैयाँबराबरको बोनस सेयर र लाभांश कर प्रयोजनार्थ ०.४८ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। तर कम्पनीले जारी गरेको २० प्रतिशत हकपू्रद सेयरसमेत बाँडफाँड तथा सूचीकरण भइसकेकोले साबिकको निर्णयबमोजिम बोनस सेयर र नगद लाभांश यथावत रहने र सो हकप्रद सेयरसमेत हाल कायम चुक्तापुँजी रु १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२ प्रतिशत बोनस सेयर र ०.४० प्रतिशतबराबर नगद लाभांश संशोधन गर्दै पारित गर्ने भएको हो। 

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले यही असार ८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब असार ७ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।  


Share this with your friends: