लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ प्रतियोगिता सम्पन्न

2022-03-30
लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ प्रतियोगिता सम्पन्न

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा यही चैत ११ र १२ गते त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुईदिने ओपन गल्फ टुर्नामेन्ट–२०२२ सम्पन्न भएको छ। 

प्रतियोगितामा १०० जना खेलाडरु सहभागी भएका थिए। सहभागी विजेता खेलाडीहरुलाई विभिन्न १६ वटा विधामा पुरस्कार तथा पदकहरु वितरण गरिएको थियो। 

पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताका माध्यमबाट खेलकुंदको बिकासमा योगदान गर्ने र नयाँपुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्यसहित कम्पनीले सन् २०१८ र २०१९ मा पनि यसै गरी गल्फ प्रतियोगिताको प्रायोजन गरेको बताए। सन् २०२० र २०२१ मा कोरोना संक्रमणको कारण प्रतियोगिता सम्पन्न हुन नसके पनि यस वर्ष पुनः उक्त कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए। 


Share this with your friends: