वैदेशिक व्यापार बढाउन ‘निर्यात कर्जा बीमा’लाई बढावा दिँदै चीन सरकार

2022-02-28
वैदेशिक व्यापार बढाउन ‘निर्यात कर्जा बीमा’लाई बढावा दिँदै चीन सरकार

काठमाण्डौ । चीनले विदेशी व्यापारको स्थिर वृद्धिलाई प्रोत्साहन गर्न निर्यात कर्जा बीमालाई बढावा दिने भएको छ। 

चीनको वाणिज्य मन्त्रालय र सरकारद्वारा सञ्चालित‘चाइना एक्सपोर्ट एण्ड क्रेडिट इन्स्योरेन्स कर्पोरेशनद्वारा संयुक्त रुपमा जारी गरिएको परिपत्र अनुसार,नियामकहरुले निर्यात कर्जा बीमा पोलिसी उपकरणहरुको पूर्ण उपयोग र जोखिम सुरक्षामा निर्यात कर्जा बीमाको भूमिकालाई पूर्ण रुपमा प्रयोग गर्न कम्पनी तथा उद्यमीहरुलाई मार्गदर्शन गर्नुपर्नेछ। 

यो परिपत्र कम्पनीहरुको परम्परागत निर्यात गन्तव्यहरुलाई थप विस्तार गर्न र विविधकृत बजारको उपयोग गर्न जारी गरिएको हो। यसका साथै बेल्ट एण्ड रोड, उदयीमान बजारहरु र खुल्ला व्यापार साझेदारहरुका लागि गरिने निर्यातमा क्रेडिट इन्स्योरेन्स सेवा प्रदान गर्न यो परिपत्र जारी गरिएको उल्लेख गरिएको छ। 

परिपत्रले साना तथा मझौला व्यापारित फर्महरुले सामना गरिरहेका कठिनाईहरु समयमै ध्यान दिन आग्रह गर्दै बीमा लागत कम गर्न उनीहरुको बीमा कभरेज तथा स्केल विस्तारमा जोड दिएको छ। 

यसका साथै यसले क्रस बोर्डर ई–कमर्स र ओभरसिज वेयरहाउसेस् जस्ता उदयीमान वैदेशिक व्यापारका मोडलहरुलाई प्रोत्साहन गरेको छ। 

आधिकारीक डेटाका अनुसार कोरोना महामारीका बाबजुत चीनको कुल वैदेशिक व्यापारले पहिलोपटक ६ ट्रिलियन डलरको आँकडा पार गरेको छ। 

 


Share this with your friends: