शिखर इन्स्योरेन्सले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने

2022-01-07
शिखर इन्स्योरेन्सले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने भएको छ । कम्पनीले आगामी पुस २८ गतेदेखि ३० गतेसम्म नुवाकोट जिल्लामा तीनदिने तालिम सञ्चालन गर्न लागेको हो । यो तालिममा नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा कृषि बीमा तथा क्षति मुल्याङनकर्ता भई कार्य गर्न इच्छुकहरुले सहभागी हुन सक्नेछन् । 

तालिममा सहभागी हुन इच्छुक आवेदकहले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपी(कृषि, पशुपन्क्षी वा वनस्पति विषयमा न्यूनतम प्लस टु वा प्रविणता प्रमाणपत्र वा सो सरह)हालसालै खिचिएको पार्सपोट साइजको फोटोसहित आवेदन दिनुपर्नेछ । संस्थाको हकमा कुनै एक सञ्चालक पदाधिकारी वा मुख्य व्यवस्थापकले कम्पनीले तोकेको योग्यता पुरा गरेको हुनुपर्नेछ । 


Share this with your friends: