काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको हो ।
कम्पनी जीवन तथा निर्जीवन विधातर्फ “कर्पोरेट एक्सेलेन्स अवार्ड” बाट सम्मानित भएको हो । कार्यक्रममा विभिन्न १९ विधाहरुमा अवार्ड प्रदान गरिएको थियो ।
शिखर इन्स्योरेन्सले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट निर्जिवन बीमा सेवाप्रदान गर्दै आइरहेको छ र ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । कम्पनीले मौसमी सुचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगद रहित स्वास्थ्य बीमा, कुनै क्षति बीमितले व्यहोर्नु नपर्ने गरी मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमा सेवाहरु सरल र छरितो रुपमा प्रवाह गर्दै आइरहेको छ ।
शिखर इन्स्योरेन्स “ए” रेटिङ प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।