सनराइज बैंक लिमिटेडलाई ‘CARE–NP A–’ इस्युवर रेटिङ पुनः प्रदान

2022-01-31
सनराइज बैंक लिमिटेडलाई ‘CARE–NP A–’ इस्युवर रेटिङ पुनः प्रदान

काठमाण्डौ । सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ्स नेपाल लिमिटेडद्घारा पुनः ‘A–’ इस्युवर रेटिङ प्रदान गरिएको छ। 

केयर रेटिङ्स नेपालद्वारा गरिने निरीक्षणमा यस बैंकले विगत ४ वर्षदेखि नियमित रुपमा ‘A–’ रेटिङ प्राप्त गर्न सफल भएको छ। यो रेटिङ भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेका साथै यस्ता ‘इस्युवर रेटिङ” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ। 

 

बैंकले आफ्नो लगानीकर्ता तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाका निम्ति आफ्ना जोखीमहरुलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्दछ । आगामी दिनहरुमा पनि आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजानेमा बैंक अझै प्रतिबद्घ छ। 

 

Share this with your friends: