सन् २०२२ मा म्युनिख रिको मुनाफा १४%ले वृद्धि हुने प्रक्षेपण

2022-02-23
सन् २०२२ मा म्युनिख रिको मुनाफा १४%ले वृद्धि हुने प्रक्षेपण

काठमाण्डौ । विश्वको अग्रेणी पुनर्बीमक म्युनिख रिको मुनाफामा सन् २०२२ मा १४ प्रतिशतको उछाल आउने प्रक्षेपण गरिएको छ। जर्मन पुनर्बीमक म्युनिख रि गुप्रले यो वर्ष कम्पनीको मुनाफा १४ प्रतिशतले बढ्ने अनुमान गरेको हो। कम्पनीले यो वर्ष ३.७ बिलियन डलर मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको हो।

यस्तै कम्पनीले कोरोना महामारी र प्राकृतिक प्रकोपका घटनाहरुका बाबजुत सन् २०२१ मा राम्रो बाउन्च ब्याक गरेको जनाएको छ। 
अमेरिकामा आएको तुफान र विश्वका अन्य स्थानहरुको प्राकृतिक प्रकोपका घटनाहरुका कारण सन् २०२१ विश्वका पुनर्बीमकहरुका लागि अहिलेसम्मकै सबैभन्दा खर्चिलो मध्ये एक बन्न पुगेको छ। 

तर यसका बाबजुद पनि म्युनिख रिले अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा आफ्नो मुनाफा दोब्बरभन्दा बढीले वृद्धि गरेको छ। यस अवधिमा कम्पनीको मुनाफा १.४ बिलियन डलरबाट वृद्धि भएर ३.२८ बिलियन डलर पुगेको छ। यो आकँडा विश्लेषकहरुले अनुमान गरेकै हाराहारीमा छ। तर कम्पनीले आफैले पक्षेपण गरेको २.८ बिलियन युरोभन्दा भने बढी हो। 


Share this with your friends: