सन नेपाल लाइफद्वारा नयाँ बोनसदर कायम, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

2022-01-23
सन नेपाल लाइफद्वारा नयाँ बोनसदर कायम, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम १८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ । 

कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ २० देखि २४ वर्षका लागि ६० रुपैयाँ र २५ वा सोभन्दा माथिको बीमा अवधिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। 

कम्पनीले भाग्योदय(एकल भुक्तानी सावधिक) जीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ६० रुपैयाँ र २५ वा सो भन्दा माथिको बीमा अवधिका लागि ७५ रुपैयाँ कायम गरेको छ ।  

बाल समृद्ध जीवन बीमा लेख(बालबालिका सावधिक बीमा) अन्तर्गतका १० देखि १४ वर्ष बीमा अवधिका लागि ३० रुयैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ६० रुपैयाँ, २५ वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ ।  

यसैगरी कम्पनीले नवीन आजीवन(सावधिक तथा आजीवन) बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६० रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।  
सार्थक आजीवन बीमालेख(१५ वर्षे अग्रिम भुक्तानी तथा आजीवन) बीमालेख अन्र्तगत सबै बीमा अवधि(१५ वर्ष)का लागि ३८ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।   
कम्पनीले सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्षका लागि २५ रुपैयाँ र २० वा सोभन्दा माथिका लागि ३० रुपैयाँ बोनसदर तोकेको छ । 

त्यस्तै धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीबन बीमालेख अन्तर्गत १ देखि ९ वर्ष वर्ष अवधिका लागि १८ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३० रुपैयाँ,१५ देखि १९ वर्षका लागि २५ र २० वा सो भन्दा माथि अवधिका लागि ३० रुपैयाँ बोनस दर तोकेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट बैशाख ३१ गते स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरिएको जनाएको छ । 


Share this with your friends: