सप्तकोशी डेभलपमेन्ट बैंकको कामु सीईओ र कम्पनी सचिवको जिम्मेवारी खड्कालाई

2022-01-05
सप्तकोशी डेभलपमेन्ट बैंकको कामु सीईओ र कम्पनी सचिवको जिम्मेवारी खड्कालाई

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कामु सीईओ र कम्पनी सचिवमा कुमार खड्का नियुक्त भएका छन् । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अर्को व्यवस्था नभएसम्मका लागि बैंकको कामुु सीईओ र कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।  
खड्का हाल  बैंकको  नायब  प्रमुख कार्यकारीको  रुपमा  कार्यरत छन् । 


Share this with your friends: