समता लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2020-12-04
समता लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १४ गते सिमरामा अवस्थीत होटल क्लासिक प्रा.लिमा बिहान १०.३० बजे सभा आयोजना गर्नै निर्णय गरेको हो। 

उक्त सभामा आर्थिक वर्ष २०७६ /७७ को मुनाफाबाट कुल २६ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। प्रस्तावित कुल लाभांसमध्ये २० प्रतिशतले हुन आउने ३ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बोनस सेयर र ६.३२ प्रतिशतले हुन आउने १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्।

सभामा समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभ्ने, गाभिने(मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदनमाथि गरी पारित गरिनेछ। यसका साथै मर्जर प्रयोजनका लागि व्यवसायिक योजना तथा प्रक्षयेपण एवंम चल अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन गर्न लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तथा मर्जर तथा मर्जर सम्बन्धि कार्यमा भएका खर्चहरु अनुमोदन गरिेनछ। 

यसका साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा आर्थि वर्ष २०७६÷७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको नाफा नोक्सान, वासलात, नगद प्रवाह वितरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनेछ। 
संस्थाले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस ५ गतेदेखि १४ गतेसम्म बुक क्लोज(सेयर दाखिला बन्द) गर्नै निर्णय गरेको छ।  


Share this with your friends: