समता लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2020-12-29
समता लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ७ औँ वार्षिक साधारण सभा सिमरामा अवस्थीत होटल क्लासिक प्रा।लिमा सम्पन्न भएको हो। 

उक्त सभामा आर्थिक वर्ष २०७६ /७७ को मुनाफाबाट कुल २६ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिएको छ। प्रस्तावित कुल लाभांसमध्ये २० प्रतिशतले हुन आउने ३ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बोनस सेयर र ६.३२ प्रतिशतले हुन आउने १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका थिए।

सभामा समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभ्ने, गाभिने(मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत  गरिएको अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यसका साथै मर्जर प्रयोजनका लागि व्यवसायिक योजना तथा प्रक्षयेपण एवंम चल अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन गर्न लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तथा मर्जर तथा मर्जर सम्बन्धि कार्यमा भएका खर्चहरु अनुमोदन गरिएको छ। 

यसका साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आ।व २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिएको छ। उक्त सभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको नाफा नोक्सान, वासलात, नगद प्रवाह वितरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ। 


Share this with your friends: